
हरि आचार्य, रुपन्देही
सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय रुपन्देहीको सैनामैना नगरपालिकामै उत्कृष्ट विद्यालयको रुपमा पुनः सम्मानित भएको छ । नगरपालिकाले नवौँ नगर सभाको अवसरमा सोहि विद्यालयलाई सम्मान गरेको हो । शिक्षाको गुणस्तर सुधारको कार्यमा २०७७ सालमा पनि उत्कृष्ट सावित उक्त विद्यालयले यस बर्ष सैनामैना नगरपालिकाकै उत्कृष्ट बिद्यालय घोषित भइ नगद रु. एक लाख, प्रमाणपत्र र दोसल्ला सहित सम्मान प्राप्त गरेको हो ।
यस बर्ष पनि नगरमै उत्कृष्ट विद्यालयको रुपमा सम्मान पाउँदा थप हौसला थपिएको भन्दै प्रधानाध्यापक नेत्रलाल पुरीले आगामि दिनमा पनि विद्यार्थीहरुको शैक्षिक भविष्य उज्जवल बनाउने बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरमा सधै ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
साथै सोहि विद्यालयमा सेक्टर १ मा कार्यरत शिक्षक नारायण शर्मा तथा सेक्टर २ मा कार्यरत शिक्षक सुजाता खनाल नगरपालिकाको उत्कृष्ट शिक्षकको रुपमा छनौट भई पुरस्कृत भएका छन् ।

