तिलोत्तमा नगरपालिको सेमरा स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पताल बनाईने

ByLumbini Darpan Online

२२ असार २०७८, मंगलवार ०५:५२ २२ असार २०७८, मंगलवार ०५:५२ २२ असार २०७८, मंगलवार ०५:५२

तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको सेमरा स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पताल बनाईने भएको छ । अर्थमन्त्रालयले उक्त स्वास्थ्य केन्द्रको स्तरउन्नती गरी १५ सैयाको अस्पताल बनाउन बजेट उपलब्ध गराउने सहमती दिए संगै उक्त स्वास्थ्य केन्द्र अस्पताल बन्ने निश्चित भएको हो । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बर्सौदेखि स्वास्थ्य केन्द्रको रुपमा आधारभुत सेवा दिई रहेको उक्त स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी अस्पताल बनाउने कार्य प्रारम्भ भएको जानकारी दिनुभयो । नगरपालिकाको निर्णय र पहलमा अर्थमन्त्री बिष्णु पौडेल र त्यस क्षेत्रका नेता छबिलाल बिश्वकर्माले साथ दिएपछि उक्त स्वास्थ्यकेन्द्र अस्पताल बन्ने निश्चित भएको घिमिरेले बताए । अव उक्त अस्पतालका लागि छिट्टै नै करीव २० करोड रुपैया निकासा हुदैछ त्यस लगत्तै स्तरोन्नतीको काम सूरु हुने छ उनहाँले भन्नुभयो । उक्त स्वास्थ्य केन्द्रका लागि केही समय अघि रोटरी क्लव अफ बुटवलले अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि करीव डेढ करोड बरावरका उपकरण सहयोग गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *