मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट १४० घरपरिवारको निःशुल्क बिमा

ByLumbini Darpan Online

२२ असार २०७८, मंगलवार १६:२४ २२ असार २०७८, मंगलवार १६:२४ २२ असार २०७८, मंगलवार १६:२४

संगीता भुसाल,तौलिहवा ।
कपिलवस्तु नगरपालिकामा संचालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट १४० गरिव तथा विपन्न घर परिवारका लागी निःशुल्क बिमा गरिएको छ । नेपाल सरकारबाट जारी गरिएको एक लाख सम्मको निःशुल्क बिमा कार्यक्रम अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नं ६ मा बस्ने गरिव तथा विपन्न परिवारका लागी सो कार्यक्रम संचालन गरिएको हो । यो कार्यक्रबाट १४० घर परिवारको लागी बिमा गर्न वा नविकरण गर्न लाग्ने शुल्क बापतको रकम दर्ता सहयोगी मार्फत बुझाइएको छ ।

कपिलवस्तु नगरपालिकामा यो आर्थिक बर्ष देखी संचालन भएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजागार कार्यक्रम कार्यक्रम सिफारिस समितिका संयोजक तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले उद्घाटन गर्नुभएको सो कार्यक्रमबाट १४० घर परिवार लाभान्वित भएका छन् । आर्थिक अभावका कारण औषधी उपचारमा समस्या परेकाहरुका लागी यो कार्यक्रम सहयोगी बन्ने कार्यक्रम सहजकर्ता रुकैया खातुनले बताईन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *