व्यवसायीलाई दवाव नदिन उद्योग ब्यापार संगठन कपिलबस्तुको चेतावनी

[sharethis-inline-buttons]

पार्वती आचार्य कपिलबस्तु, असार २५

कोभिड १९ को महामारीको समयमा समग्र क्षेत्रमा परेको प्रभावको न्युनिकरणमा सबैले आ आफ्नो भुमिका निर्वाह गर्न नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलबस्तु द्वारा एक बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

गत १४ महिना अगाडी देखि शुरु भएको कोभिड कहरले समय लगाएत हाम्रो जस्तो मुलुक नराम्ररी प्रभाबित हुन पुग्यो । हाम्रो अर्थतन्त्र तथा आम ब्यबसायी कोभिडको प्रथम लहरबाट समालिन नपाउँदै कोभिडको दोश्रो भेरियन्टको चपेटामा परेको सबृबिदितै छ । यस बिसम परिस्थितीमा ज्यान जोखिममा राखी अग्रपंतिमा खटिने सबै उच्च सम्मान ब्यक्त गर्दै हार्दिक नमन गर्न चाहान्छौ बिज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी यो महामारीको कारण जिवन गुमाउने सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली एवं सम्पुर्ण सक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ. । यस महामारीले समग्र क्षेत्रमा पारेको प्रभाव न्युनिकरणमा सबैको आ आफ्नो भुमिका निर्वाह गर्नका लागि सम्पुर्णमा हार्दिक अपिल गर्न चाहान्छौ । यस्तो बिसम परिस्थितीमा ब्यबसायीहरुलाई बिस्थापित हुन बाट बचाउन बैंक बित्तियसंस्था स्थानिय तथा केन्द्र सरकार बिभिन्न संगठनको सकारात्मक भुमिकाको लागि पनि हामी अनुरोध गर्न चाहान्छौ बिज्ञप्तीमा उल्लेख गरिएकाने छ ।

यस परिस्थितीमा केही बैंक तथा बित्तिय संस्था एवं प्रशासनबाट अनावश्यक दवाब श्रृजना गरिएको भन्ने सुनिन आएकोमा हाम्रो ध्यान आकृष्ट भएको छ । यस्ता दवाबले ब्यबसायीक मानसिकतामा पार्न सक्ने दवाब प्रभाव प्रति संबन्धित पक्षको ध्यान पुग्न जरुरी छ भन्ने संगठनका अध्यक्ष हुमनथ पौडेल र संगठनका महासचिव खिमानन्द पौडेल (कोपिल) ले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

हामी बिना दवाब र प्रभाव ब्यबसायीक वाताबरण श्रृजना गर्न संबन्धित सबैलाई आ आफ्नो तर्फबाट सहयोगको अपेक्षा सहित अनुरोध गर्न चाहान्छौ । साथै सम्पुर्ण ब्यबसायीहरुलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षित कारोवारकालागि हार्दिक अपिल गर्दछौं । तपाई हामी सबैको सहकार्यबाट यो संकटबाट मुक्ति पाउन सकिन्छ । सबैले आ आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गरौं भन्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रकाशित : २०७८ असार २५, शुक्रबार ०७:२४