लुम्बिनी दर्पणकर्मी आचार्य साझेदारी वन पत्रकारिता पुरस्कारबाट पुरस्कृत

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, असार
तिलौराकोट साझेदारी वन व्यबस्थापन समितिले लुम्बिनी दर्पणकर्मी पार्वती आचार्यलाई पुरस्कृत गरेको छ । साझेदारी वन डिविजन वन कार्यालयको संयुक्त आयोजनामा सम्पन्न मिडिया साझेदारी वन अन्तरक्रिया, अनुगमन एवम् सम्मान कार्यक्रममा मेचीकाली दैनिकका जिल्ला संवाददाता आचार्य साझेदारी वन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएकी हुन् । विगत लामो समय देखि वनको वैज्ञानिक व्यबस्थापन, साझेदारी वनको विकास र प्रवद्र्धनमा पत्रकारीता क्षेत्र मार्फत महत्वपुर्ण योगदान पु¥याएको भन्दै नगद, सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।

लुम्बिनी दर्पणकर्मी आचार्य सहित मनिष कार्की र वृजेश जयसवाललाई खादा, नगद र सम्मान पत्र सहित पुरस्कृत गरिएको छ ।

सम्मान प्राप्त गर्दै पत्रकार पार्वती आचार्यले यो सम्मानले आफुमा गर्व महशुस भएको भन्दै आगामि दिनमा अझ सक्रिय भएर कलम चलाउने बताईन् । आफुले गरेका कामको मुल्यांकन गर्दै सम्मान गरेकोमा साझेदारी वन व्यबस्थापन समिति र पत्रकार महासंघ कपिलवस्तुलाई आभार व्यक्त गरिन् ।


त्यस्तै वन पर्यावरण प्रवद्र्धनमा सहयोग पु¥याएको भन्दै सविंधान सभा सदस्य दान बहादुर चौधरी, शिवदयाल त्रिपाठी र बिक्रम वरईलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि डिविजन वन अधिकृत ईश्वरी प्रसाद पौडेलले वन क्षेत्रको संरक्षणमा साझेदारी वनको ठुलो भुमिका रहेको बताए । उनले सरकारले वैज्ञानिक वन व्यबस्थापन कार्यविधि खारेज गरेकोले अहिले कठिन भएको बताए । सबैको सल्लाह सुझाव र दवाव पछि यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । त्यस्तै समाचार प्रकाशन वा प्रसारण गरि वन क्षेत्रको विकासा टेवा पु¥याउने सम्पुर्ण पत्रकारलाई धन्यवाद दिए ।

विशिष्ट अतिथि पुर्व मन्त्री दान बहादुर चौधरीले वनबाट उपभोक्ताले पाउने सेवा सुविधा वनले उपलब्ध गराउनुपर्ने दायित्व रहेको बताए ।
त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले कलम चलाउने पत्रकारलाई सम्मान गरेकोमा साझेदारी वन व्यबस्थापन समितिलाई धन्यवाद व्यक्त गरे । उनले वनले सञ्चार क्षेत्रको प्रवद्र्धनका लागि पहल गरिरहेको भन्दै उपभोक्ताको हितलाई ध्यानमा राख्दै अगाडि बढ्न सुझाव दिए ।

त्यस्तै साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेले वनले वनले गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिंदै आगामि योजनाको बारेमा स्पष्ट पारेका थिए । उनले साझेदारी वनले सम्पुर्ण उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर सःमिल र नर्सरी निर्माण गरि सेवा दिएको बताए ।

अध्यक्ष पाण्डेले उपभोक्तालाई जाडोमा दाउरा, कोभिड महामारीका बेला दाहसंस्कारका लागि काठ र कोभिडको सहज उपचारका लागि जिल्ला अस्पताललाई ५ लाख सहयोग उपलब्ध गराएको बताए । पत्रकारका जिज्ञासाको जवाफ दिंदै अध्यक्ष पाण्डेले वनको संरक्षण र प्रवद्र्धनमा पत्रकारको अहम भुमिका रहेको बताए । आगामि दिनमा उपभोक्ता र पत्रकारहरुसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साझेदारी वनका सदस्य शिवलाल यादवको स्वागत मन्तब्य, बसन्त गिरिको सञ्चालन रहेको कार्यक्रममा वनका पदाधिकारी तथा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै डिविजन वन कार्यालयको अगाडि रहेको नर्सरी र साझेदारी वनले सञ्चालन गरेको समिलको समेत अनुगमन गरिएको छ । नर्सरी अनुगमन गर्दा विभिन्न स्थानका नागरिकहरुले निःशुल्क रुपमा विरुवाहरु लगिरहेको देखिएको थियो ।

टिक, अर्जुन, शितल चिनि, अमला, एभोकाडा, ड्रागन फु्रट लगायत विभिन्न महत्वपुर्ण विरुवाहरु निःशुल्क रुपमा वितरण गरिरहेको अनुमगमनको क्रममा सहायक वन अधिकृत मदन ढुङ्गानाले जानकारी दिए ।


प्रकाशित : २०७८ असार २५, शुक्रबार १०:४३