बुटवल ,असार २७
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जना मात्रै कोरोनाका बिरामी थपिदा ४४ जना संक्रमणमुक्त भएका छन् आज १३१ जनाको कोरोना परीक्षण गर्दा ९ जनामा मात्र संक्रमण देािखएको हो ।
पछिल्लो २४ घण्टामा तिलोत्तामा नगरपालिकमा ५, बुटवल उपमहानगरपालिकामा २, देवदह नगरपालिका र सुद्धोधन गाउँपालिकामा १र१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दएको छ। पछिल्लोे २४ घण्टामा रुपन्देहीमा कसैको पनि कोरोनाबाट ज्यान गएको छैन ।
हालसम्म रुपन्देहीमा कोरोनाबाट ज्यान जानेको संख्या५०४ पुगेको छ भने हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३८ रहेको स्वास्थ्य कार्यालय रुपन्देहीलेजानकारी दिएकोे छ ।




















