लुदअ ,काठमाडौं, असार २९
पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोनाका बिरामी थपिएका छन । ११ हजार १२ जनामा परीक्षण गर्दा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।७ हजार ५८ जनाको आरटी पिसिआरबाट परीक्षण गर्दा १ हजार ६ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको भने ३ हजार ९ सय ५४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय ५९ जनामा पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ।पछिल्लो २४ घण्टामा २ हजार ७८ कोरोना संक्रमणकुक्त भएका छन् भने १२ जनाको कोरोना संक्रमणबाट न्यान गएको मन्त्रालयले जानकारी दिएको छ।





















