
बुटवल साउन १
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६ जना कोरोनाका बिरामी थपिएका छन्। रुपन्देहीका बिभिन्न अस्पतालका प्रयोगशालामा २९६ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जना कोरोनाका बिरामी थपिएका हुन ।
पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १८ जना, बुटवल उपमहानगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा २–२ जना, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
हाल जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४१ रहेको छन्। । पछिल्लो २४ घण्टामा २८ जना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामाजिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएका स्वास्थ्य मन्त्रालय रुपन्देहीले जनाएको छ ।

