भारतमा थप ३८ हजार ७९ जना थपिए कोरोनाका बिरामी

[sharethis-inline-buttons]

 

एजेन्सी ,साउन २
भारतमा ३८ हजार ७९ जना कोरोनाका बिरामी थपिएका छन । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले बताएका छन । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड ९६ लाख ९५ हजार ८७९ ओटा कोरोना भाइरस विरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ४२ लाख १२ हजार ५५७ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।


प्रकाशित : २०७८ श्रावण २, शनिबार ०९:५३