लुदअ काठमाडौँ, साउन २
संघीय संसद सचिवालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।संघीय संसदको अधिवेशनलाई लक्षित गर्दै संसद सचिवालयले ८ सय १ जनाको एन्टीजेन परीक्षण गराएकोमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
त्यस्तै सभामुखसहित ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको न्यौपानेले जानकारी दिए । कोरोना संक्रमण देखिएका तीनजना कर्मचारीलाई पीसीआर परीक्षणका लागि पठाइएको स्रोतले जानकारी दिएको छ ।




















