हरि आचार्य कपिलवस्तु, साउन २
सामाजिक तथा मानवीय कार्यमा निरन्तर लागिपरेको लियो क्लव अफ कपिलवस्तुको सचिवालय उद्घाटन गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ वैरिया स्थित लायन्स क्लव अफ कपिलवस्तुको सचिवालयलाई संयुक्त रुपमा सञ्चालन गर्ने सहमति सहित समुद्घाटन गरिएको हो ।
नयाँ कार्य समिति चयन पछि बसेको क्लवको पहिलो बैठकले लायन्स क्लव संग समन्वय गरि सचिवालय स्थापना गर्ने निर्णय अनुसार विधिवत रुपमा अब क्लवका सम्पुर्ण क्रियाकलाप सोहि कार्यालयबाट सम्पादन गर्ने दोस्रो बैठकले निर्णय गरेको क्लवका सचिव लक्ष्मण सापकोटाले जानकारी दिए । साथै बैठकले साउन महिनाको कार्ययोजना पनि पारित गरेको छ ।
लियो क्लवका अध्यक्ष पाण्डव भण्डारीको अध्यक्षता, लायन्स क्लव ईन्टरनेश्नल ३२५ बि टु नेपाल जोन १ सय २९ का जोन चियर पर्सन सुरेन्द्र घिमिरेको प्रमुख आतिथ्यता, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसालको विशिष्ट आतिथ्यतामा सचिवालय उद्घाटन गरिएको हो ।
क्लवका सचिव लक्ष्मण सापकोटाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा लायन्सका प्रथम उपाध्यक्ष केशव सापकोटा, लियो को–ओर्डिनेटर ओम प्रकाश घिमिरे, लायन्सका सचिव सागर घिमिरे, कोषाध्यक्ष नवदत्त घिमिरे लगायत लियो क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।


















