बुटवल , साउन ३
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोनाका संक्रमित थपिदा ५२ जना संक्रमणमुक्त भएका छन् छन्। पछिल्लो २४ घण्टाको अवधिमा २४१ जनाको कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १२ जना, सैनामैना नगरपालिकामा ३ जना,देवदह नगरपलिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका र रोहिणी गाउँपालिकामा १–१ जना संक्रमित थपिएकोस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जानकारी दिएको छ ।
त्यस्तै ,पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन भने जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२४ रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।




















