लुदस, साउन ४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले डिजिटल प्रणली सहित एकीकृत नागरिक सेवा केन्द्र संचालनमा ल्याएको छ । कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि डिजिटल प्रविधिमा आधारित टोकन सिस्टम सहितको सेवा केन्द्र संचालनामा ल्याएको हो । हिजो लुम्बिनीका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० मुकुन्द आचार्यले पहिलो टोकन सेवाग्राहीलाई प्रदान गर्दै उक्त प्रणालीको सुरुवात गरेका हुन । सेवाग्रहीको काम छिटो छरितो र तोकिएको ठाउबाट कार्य सम्पादन गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यालय मध्ये नेपालमै पहिलो पटक रुपन्देहीबाट सेवाको शुभारम्भ भएको हो ।
कुनै पनि काम लिएर प्रहरी कार्यालयमा पुगेपछि पद्धति अनुसार काम हुने भएकोले प्रविधि युक्त सेवा सहितको ‘नागरिक मैत्री प्रहरीको अभियान’ को रुपमा यसलाई लिएको डिआइजी आचार्यले बताए । रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले नागरीक सेवा केन्द्रलाई कम्प्युटरमैत्री बनाईएको बताए । कुनै पनि नागरिक समस्या लिएर आउदा पहिला गेटमै रहेको नागरिक सेवा केन्द्रमा आफनो काम र फाट उल्लेख गरे पछि सेवा केन्द्रका प्राविधिकले कम्प्युटरमा निवेदन इन्ट्री गर्ने उनको भनाइ छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय बेलहियामा प्रहरी विट९चेक प्वाइन्ट०बाट सेवा सुभारम्भ भएको छ। पहिलै देखि चेक प्वाइन्टको रुपमा रहेको बेलहियामा ५ लाखको लगातमा प्रहरी विट स्थापना गरिएको हो । चेक प्वाइन्टको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले शुभारम्भ गर्दै प्रहरी कर्मचारीको काममा सहजताका लागि घाम पानीमा ओत लाग्ने गरी विटको स्थापना गरिएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *