नुर मोहम्मद मुसलमान
कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं.३ बरगदवाका महिलाहरु को सक्रियतामा महिला उपभोक्ता समितीमार्फत बराण्डा सहितको दुईकोठे सामुदायिक भवन निर्माण सम्पन्न गरेका छन ।
भवन निर्माणका लागी २०७४ सालमा देउसी भैलो खेलेर जम्मा भएको २ लाख ५० हजार लगानीमा जग निर्माण गरेको आमा समुहका अध्यक्ष सावित्रा काउचाले बताईन् ।
सिद्धार्थ समाजिक विकास केन्द्रले रुपान्तरण कार्यक्रमबाट नागरिक वहस केन्द्र गठन गरेर वडामा विभिन्न समाजिक काम गर्न थालेपछी उनिहरु सकृय भएका हुन् । सामुदायिक भवन निर्माणलाई बहस केन्द्रले निरन्तरता दिन गाउँपालिका तथा वडा कार्यलयमा योजना पेश गरेका थिए ।
उपभोक्ता समितीमा नागरिक वहस केन्द्रका महिलाहरु बसेका छन महिलाहरुको मनोवल बढाउनको लागी वडा कार्यलयबाट केन्द्रका महिला सक्रिय छन गर्न सक्छन त्यसैले ३ पटक हामी वजेट दियो सक्रियताका साथ महिलाहरु मिलेर भवन निमाणर् कार्य सम्पन्न गरेका छन । आउने आ.ब. मा केन्द्रलाई बजेट छ वडा अक्ष्यक्ष सुकदेव प्रसाद तिवारीले बताएका छन ।
बजेट पर्न साथ पुरुषरु आएर हामी पनि समितीमा बस्छौ भन्दा महिलाहरुमिलेर सुरुवात गरेका छौ सम्पन्न महिलाले गर्छौ केन्द्रकी सहजकर्ता तथा उपभोक्त समितीका सदस्य भद्र कुमारी शाहीले जानकारी दिदै भनिन् ।
महिलालाई अगाडी बढाउनु पर्छ पुरुष मात्रै काम गर्न सक्छन भ्रमलाई यहाका महिलाले चिरेका छन । स्थनिय समाजसेवी खुमराज मल्लले बताए ।
अहिले निर्माण भएको सामुदायिक भवनमा आमा समुह नागरिक बहस केन्द्र प्रगतिशिल सामुदायिक वनको बैठक तथा खोप केन्द्र संचालित रहेको स्थानिय भुपेन्द्र मल्लले जानकारी दिए ।