हरि आचार्य कपिलवस्तु, साउन ५
लायन्स क्लव अफ कपिलवस्तु तथा हर्ट विट एफ.एमका अध्यक्ष धातानन्द भुसालको जन्मोत्सवको अवसरमा ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । क्लवका अध्यक्ष भुसालले वि.स. २०७१ सालमा स्वर्गीय माता पिताको सम्झनामा स्थापना गरेको शिव तुल्सा मेमोरियल लायन्स छात्रवृत्ति अक्षयकोषको ब्याजबाट वाल मावि वैरियाका ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । अध्यक्ष भुसालको ५३ औँ जन्मोत्सवको अवसरमा ५३ वटै बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको हो ।
क्लवको दोस्रो नियमित बैठक अन्तर्गत आयोजना गरिएको कार्यक्रम सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यले गरिएको हो । हरेक जन्मोत्सवको अवसरमा अनावश्यक खर्च गर्नुभन्दा मानवीय र सामाजिक कार्यमा प्रेरित हुनुपर्ने बताउदै जन्मोत्सव सफल भएको अनुभुति भएको अध्यक्ष भुसालले बताए ।
सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई अध्ययनमा केहि सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गर्न पाउँदा गर्व महशुस भएको उनले बताए । उनले छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुको समुज्जवल शैक्षिक भविष्यको कामना गरे । अध्यक्ष भुसालले जन्म दिनमा मात्र नभई यस्ता सामाजिक र मानवीय कार्यहरु निरन्तर रुपमा गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । साथै कार्यक्रममा उपस्थित सम्पुर्णलाई आभार प्रकट गरेका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लवका डिस्ट्रिक चिफ एडभाईजर उमंग देवकोटाले लायन्स क्लव अफ कपिलवस्तु अन्य क्लवको तुलनामा अब्बल सावित भएको बताए । उनले यो क्लवलाई स्थापना गरि यहाँ सम्म ल्याउने सम्पुर्ण पदाधिकारी प्रति धन्यवाद व्यक्त गरे । त्यस्तै वाल माविका प्रधानाध्यापक अर्जुन शाहिले जन्मोत्सवको शुभकामना व्यक्त गर्दै विद्यालयमा कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकोमा क्लवलाई धन्यवाद दिए ।
त्यस्तै विशिष्ट अतिथि एरिया चिफ जीवन गौतम, रिजन चियर पर्सन ओमकार आचार्यले मन्तब्य दिंदै अध्यक्ष भुसाललाई जन्म दिनको शुभकामना दिएका थिए ।
अध्यक्ष धातानन्द भुसालको अध्यक्षता, लायन्स क्लवका डिस्ट्रिक चिफ एडभाईजर उमंग देवकोटाको प्रमुख आतिथ्यता, एरिया चिफ जीवन गौतमको विशिष्ट आतिथ्यता, एरिया को. चिफ कृष्ण केसी, जोन चियर पर्सन सुरेन्द्र घिमिरे, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष सविता सापकोटा पौडेल, हर्ट विट एफ.एमका पुर्व अध्यक्ष कृष्ण प्रसाद भट्राई, लियो क्लवका अध्यक्ष पाण्डव भण्डारी, सचिव लक्ष्मण सापकोटा लगायतको आतिथ्यता रहेको कार्यक्रम लायन्सका सचिव सागर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।