
बुटवल,साउन ९
आज रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ संक्रमित थपिदा २४ जना संक्रमणमुक्त भएा छन । पछिल्लो २४ घण्टाको अवधिमा ४०७ जनाको कोरोना परीक्षण गरिएकोमा ५१ जना नयाँ संक्रमित थपिएका हुन । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १४ जना, देवदह नगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका ३ जना, शुधोधन गाउँपालिकामा २ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ३५९ रहेका छन्।

