हरि आचार्य, कपिलवस्तु साउन ९
आषाढ शुक्ल पूर्णिमाको दिन आज गुरूको सनिध्यमा रही ध्यान साधना गर्ने गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइने गरीन्छ। गुरुको अर्थ अन्धकार बाट प्रकाश तर्फ वा अन्धकारको नास गरी जीवनमा उज्यालो फैलाउने ब्यक्तिलाई नै गुरु भनिन्छ । गुरु पुर्णिमाको अवसर पारि ओशो तथागत ध्यान केन्द्र (ओशोधाम) बाणगंगा नगरपालिका ८- ओशोग्राम, कलिवस्तुको आयोजनामा वृक्षारोपण, ध्यान तथा सत्सङ्ग कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे र बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणि अर्याल, ओशोधामका संरक्षक स्वामी ध्यान गगनले दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दान बहादुर कार्की, बाणगंगा नगरपाकिला वडा नं. ८ का वडाध्यक्ष गुणानिधि भुसाल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, ओशो तथागत ध्यान केन्द्रका अध्यक्ष डिलु सुनार, हर्ट विट एफ.एमका कोषाध्यक्ष केशव सापकोटा, घरघरमा शिक्षाकाका प्रमूख दुर्गा अर्याल, जलेश्वर धाम, टोल बिकास समिति,स्थानीय अगुवाहरू लगायतको उपस्थिती रहेको थियो ।
केही ध्यानका विधि तथा सत्सङ्ग गराउनु भएका स्वामी ध्यान गगनले ओशो तपोवनका सस्थापक आचार्य बोधिसत्व स्वामी आनन्द अरुणले राष्ट्रिय हितमा ‘रूख रोपौ, पर्यावरण जोगाऔं” भन्ने नाराका चलाउनु भएको अभियान अन्तर्गत वाणगंगा नगरपलिकामा एकलाख रूख हुर्काउने संकल्प लिएको र वाणगंगा नगरपालीकाको बिशेष सहयोग रहेकोमा नगरपलिका परिवारलाई धन्यावाद दिनु भयो। कार्यक्रमममा वोल्दै स्वामीजी बढ्दो सहरीकरणले गर्दा चारै तिर घरमात्र देखिने र केही देखिएका रूख हरुपनि केही वर्षमा आवासहरु बाटोघाटोकाे बिकास सँगै काटिने हुँदा भोली प्रदूषणको खतरा बढ्ने हुँदा आजदेखि नै रूख रोप्ने र सँरक्षण गर्नु पर्ने बताउनु भयो।
कार्यक्रममा स्वामि, पिपल, आँप, लिचि, विभिन्न फुल लगायत फलफुल तथा जडिबुटिका विरुवाहरु रोपिएको थियो भने रोपिएका विरुवाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिइएको थियो । त्यस्तै कार्यक्रमममा पूर्वीय दर्शनका बिभिन्न पुस्तकहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले गुरु पुर्णिमाको अवसरमा आयोजना गरिएको कार्यक्रम शारिरिक र मानसिक रुपमा अत्यन्तै सह्रानिय रहेको बताए । मानव जीवनमा ध्यान अति आवश्यक रहेको बताउदै उक्त स्थानमा आउँदा गर्वको महशुस भएको बताए ।
त्यस्तै ओशो तथागत ध्यान केन्द्रले मानवलाई शारिरिक र मानसिक स्वस्थ राख्नका लागि अतुलनिय कार्य गरेको बताए । उनले स्वामी आनन्द अरुणको सन्त दर्शन, सन्त गाथा, अन्तर्यात्रा, एक अचम्म जो मैले देखे पुस्तकको अध्ययनबाट आफु निकै प्रभावित भएको र सबैलाई पढ्न समेत आग्रह गरे। वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले यस्ता धार्मिक तथा पर्यटकीय स्थलको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले विभिन्न प्रयासहरु गरिरहेको र ओशोधामकाे यो अभियानलाई फेरिपनि सक्दो सहयोगगर्नेकुरा बताए । पछिल्लो व्यस्त जीवनमा यस केन्द्रले गरेको कार्यले उनीहरुको हरेक क्षमतामा सकारात्मक परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित : २०७८ श्रावण ९, शनिबार १३:५५