सिनर्जी बहुउद्देश्यीय सहकारीको भड्डिहवा/प्रगतिनगर सेवा केन्द्र समुद्घाटन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, साउन ९
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. को भड्डिहवा/प्रगतिनगर सेवा केन्द्र एक कार्यक्रमका बीच समुद्घाटन भएको छ । प्रगतिनगरस्थित सेवा केन्द्रको आज एक कार्यक्रमका बीच समुद्घाटन गरिएको हो । सेवाकेन्द्रको लुम्बिनी प्रदेशका सांसद् विष्णु पन्थीले पानसमा दीप पज्ज्वलनसँगै रिवन काटी समुद्घाटन गर्नुभएको हो ।

समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद पन्थीले विधि प्रक्रिया र पारदर्शिता भएको खण्डमा संस्था सहजै चल्ने बताउँदै केही समय अगाडि ६ वटा सहकारीहरुबीच मर्ज भएको संस्थाको लागि अवसर र चुनौती दुवै भएको बताउनुभयो । सांसद पन्थीले चुनौतीलाई अवसरको रुपमा लिदै संस्थालाई प्रदेशकै नमुना सहकारीका रुपमा विकास गर्न आफूबाट सम्पूर्ण सहयोग हुने बताउँदै सहकारीलाई त्यसैअनुरुप लागिपर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् बाणगंगा नगरपालिकका मेयर मंगल प्रसाद थारुले सहकारी भनेको सहकार्य भएको बताउँदै सहकारीले विपन्न वर्गको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै सहकारीले आफ्नो उद्देश्य प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बाणगंगा न.पा. वडा नं. १० का वडा अध्यक्ष राम विहारी थारुले एकका लागि सबै र सवैका लागि एक भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी भएको बताउँदै यस क्षेत्रमा सिनर्जी सहकारीको सेवा केन्द्र स्थापना हुनु सबैको लागि खुसीको कुरा भएको बताउनुभयो ।

यसैगरी वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले सबै सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भएको बताउँदै यस क्षेत्रको समग्र विकासमा सहकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।


प्रकाशित : २०७८ श्रावण ९, शनिबार १३:५७