ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपालमा एक वर्षमै ३६ अर्ब रुपैयाँको मोबाइल फोन आयात

लुम्बिनी दर्पण २०७८ श्रावण १२, मंगलवार ०९:००
[sharethis-inline-buttons]

काठमाडौँ ,साउन १२

कोरोनाभाइरस महामारीबीच नेपालमा गत आर्थिक वर्षमा मोबाइल फोनको आयातमा खर्च भएको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोबर पुगेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

विभागका अनुसार आर्थिक वर्ष २०७७र०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरिएको छ। राजश्व बापत मात्र नेपाल सरकारले पाँच अर्ब ८४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। आर्थिक वर्ष २०७६र०७७ मा भने १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको ४३ लाख ६५ हजार ९९० वटा मोबाइल सेट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

त्यसबाट सरकारले २ अर्ब ८७ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको तथ्याङ्क छ।यी अवधिमा नेपालले खासगरी छिमेकी मुलुक भारत र चीनबाट मोबाइल फोनका ब्याट्री पनि उल्लेख्य सङ्ख्यामै आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

महामारीमा पनि आयात कसरी बढ्यो ?
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रतिबन्धात्मक कदमहरू चालेपछि इन्टरनेट अनलाइन गतिविधि बढेर मोबाइलको प्रयोग पनि बढेको हुनसक्ने बताइन्छ।

“कार्यालयका मिटिङ्गदेखि विद्यार्थीहरूको कक्षासम्म अनलाइन हुने भएपछि मोबाइलको प्रयोग पनि बढेको देखिन्छ,” नेपाल मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेतले बीबीसी नेपालीसँग भने। क्यामेरा, कम्प्युटर र ल्यापटपबाट हुने कतिपय काम पनि मोबाइलबाटै हुने भएर त्यसको प्रयोग बढ्दै गएको हुनुपर्ने उनको तर्क छ।

बस्नेतका अनुसार नेपालमा आयात गरिने मोबाइल फोनमध्ये स्मार्टफोनको हिस्सा धेरै रहेको छ जुन विशेषगरी भारत, चीन र कोरियाबाट आउने गरेको छ। यद्यपि कति सङ्ख्यामा स्मार्टफोन आयात भए भन्नेबारे यकिन तथ्याङ्क उनले उपलब्ध गराउन सकेनन् भने भन्सार विभागले पनि छुट्ट्याएर तथ्याङ्क राखेको छैन।

नेपालमा १५ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्ने स्मार्ट फोनहरूको माग धेरै रहेको अध्यक्ष बस्नेत बताउँछन्। अर्थविद्‌ केशव आचार्यको बुझाइमा पछिल्लो समय टेलिफोन र इन्टरनेट सेवाको विस्तारसँगै माग पनि बढेको देखिन्छ। “नेपाली जनता विद्युतीय माध्यमसँग थप जोडिन चाहे‍। र, नेपालमा उसै पनि मोबाइलको पेनिट्रेशन जनसङ्ख्याभन्दा बढी छ।”

“तपाईँले नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क हेर्नुभयो भने विद्युतीय सञ्चार माध्यमको प्रचलन एकदमै बढेको छ। डेबिट कार्ड, क्रेडिट कार्ड, क्यूआर कोड। यी सबै हेर्दा मोबाइल फोनको माग बढेको हो,” उनले थपे। नेपाल राष्ट्र ब्याङ्कका अनुसार नेपालमा पछिल्लो समय मोबाइल र इन्टरनेटबाट गरिने रकम भुक्तानी बढ्दो क्रममा छ।

राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार गत वर्षको पुसमा ५० देखि ६० करोडको हाराहारीमा रहेको क्यूआर कोड भुक्तानी बढेर पछिल्लो समय मासिक दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

बढ्दो प्रयोगले के सङ्केत गर्छ ?
थप मानिसहरू सूचना प्रविधिसँग जोडिन खोज्नुलाई अर्थविद्‌ आचार्य सकारात्मक रूपमै हेर्छन्।अझ निषेधाज्ञाका बेला विदेशमा काम गर्ने आफन्तसँग कुरा गर्नुका साथै देशभित्रै रहेका नातागोताका मान्छेसँग प्रत्यक्ष नभेटी भिडिओ कलमार्फत्‌ कुराकानी बढ्नु सकारात्मक भएको उनको तर्क छ।

“त्यसले कत्तिको आय आर्जन गर्‍यो भन्ने कुरा आफ्नो ठाउँमा छ। तर युवा होऊन् कि प्रौढ प्रविधिमा अभ्यस्त हुनु त्यसको प्रयोग गर्न सिक्नुलाई नकारात्मक रूपमा हेर्न मिल्दैन,” अर्थविद् आचार्य भन्छन्। स्रोत बीबीसी


प्रकाशित : २०७८ श्रावण १२, मंगलवार ०९:००

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech