नेपाल लाईफ ईन्स्योरेन्स जितपुर शाखाद्धारा व्यवसायीक समिक्षा तथा एजेन्सी सम्मान

ByLumbini Darpan Online

१३ श्रावण २०७८, बुधबार १०:०३ १३ श्रावण २०७८, बुधबार १०:०३ १३ श्रावण २०७८, बुधबार १०:०३

हरि आचार्य, कपलवस्तु

नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लि. जितपुर शाखाले व्यवसायीक समिक्षा तथा एजेन्सी सम्मान गरेको छ । कम्पनिमा भएको व्यवसायको अवस्था के छ, व्यवसायलाई विस्तार गर्नका अगामि योजना निर्माण लगायतका बिषयमा छलफल गरिएको थियो । त्यस्तै गत आर्थिक बर्ष २०७७/७८ मा कोभिडको जोखिम परिस्थितीमा पनि आफ्नो व्यवसायीक लक्ष्य प्राप्त गर्ने अभिकर्ता, व्यवसाय संयोजक तथा एजेन्सी म्यानेजरलाई कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले खादा टिका सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुले यो सम्मानले अझै हौसला र उत्साह प्राप्त भएको भन्दै कम्पनि प्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पेशागत विमा अभिकर्ता संघ क्षेत्रीय कार्यालय बुटवलका निवर्तमान अध्यक्ष तथा हर्ट विट एफ.एमका अध्यक्ष धातानन्द भुसालले कष्टपुर्ण परिस्थ्तिीमा पनि आफ्नो लक्ष्य प्राप्त गरी सम्मानित हुने सम्पूर्णलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । कम्पनिका सिनियर एजेन्सि म्यानेजर समेत रहेका भुसालले कम्पनिले आर्थिक बर्ष २०७६/७७ मा प्रथम विमा शुल्क रु २ करोड १२ लाख प्राप्त गरेकोमा आर्थिक बर्ष २०७७/७८ मा प्रथम विमा शुल्क रु ३ करोड ३ लाख प्राप्त गर्नु कम्पनि प्रति सर्वसाधारणको विश्वास र अभिकर्ताहरुको मेहनतको प्रतिफल रहेको बताए ।

प्रमुख अतिथि भुसालले विमाको क्षेत्रमा काम गर्ने अभिकर्ताले गलत वा भ्रामक सुचना सम्प्रेषण नगरी विशुद्ध विमा ऐन वा कम्पनिबाट प्राप्त सेवा सुविधा वारेमा सहि र तथ्यगत विषयहरु मात्र प्रस्तुत गर्न अनुरोध गरे । त्यस्तै नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लि. जितपुर शाखाबाट सबै सेवा सुविधा प्रदान गरिने जानकारी दिंदै यस क्षेत्रका हजारौँ ग्राहकहरुलाई बुटवल धाउनुपर्ने बाध्यता हटेको बताए ।

शाखा प्रमुख झक बहादुर बस्नेतको अध्यक्षता, पेशागत विमा अभिकर्ता संघ क्षेत्रीय कार्यालय बुटवलका निवर्तमान अध्यक्ष तथा हर्ट विट एफ.एम.का अध्यक्ष धातानन्द भुसालको प्रमुख आतिथ्यता, कम्पनिका व्यवसाय संयोजक झगेश्वर अर्यालको स्वागत मन्तब्य तथा एजेन्सी म्यानेजर त्रिलोचन घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा अनन्तराज रेग्मी, बुद्धिराज आचार्य लगायत नयाँ र पुराना गरि ३५ जना एजेन्सीहरुको उपस्थिती रहेको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?