
लुदस,लवनी ।
कपिलवस्तु को शुद्धोधन गाउँपालिका वडा नं.१,भुसुडीमा ५० के.भी. को ट्रान्सफर्मर चोरी भएको छ। श्रावण १६ गते शनिवार राती करिव २ बजेको समयमा ट्रान्सफर्मर चोरी भएको स्थानिय बासीहरुले बताए । ट्रान्सफर्मर मा करेन्ट सप्लाई नभएकाले ५ महिना देखि पोलमा राखिएको थियो ।
लाईट सप्लाई गर्न बिधुतका कर्मचारीहरु आउँदा ट्रान्सफर्मर को मिटर बक्समा कमिलाहरु रहेको थियो ।स ो ट्रान्सफर्मरु मा शनिवार बिधुत सप्लाई गर्ने योजना रहेको थियो । टान्सफर्मर कस्ले चोरी गर्यो भन्ने बिषयमा स्थानिय वासीहरु अनबिज्ञ रहेका छन् ।

