
रामु यादव
कपिलवस्तु को शुद्धोधन गाउँ पालिका वडा न.१,भुसुडीमा ५० के.भि.ए को ट्रान्सफरमर चोरी भएको छ । गएराती करिव १/२ बजेको बीचमा चोरी भएको हुनसक्ने स्थानियले बताएका छन् ।
करिव ५ /६ महिना अघिदेखि नयाँ ट्रान्सर्फमर मा सप्लाई नै नदिई खाली राखिएको थियो । स्थानियले पट्क पट्क सप्लाई जोडिदिन आग्रह गर्दा शुक्रवार आएका विधुत कर्मचारीहरुले सो ठाँउमा कमिलाको गोलो भएका कारण आईतवार जोड्ने भनेर फर्किएको तर सनिवार नै ट्रान्सर्फमर गाँएव हुनु आश्चर्य भएको स्थानिय हरिन्दर यादवको भनाई छ । चोरी भएको विषयमा अनुशन्धान जारी रहेको प्रहरीको भनाई रहेको छ ।