
बुटवल,साउन
२०५५ सालमा पाल्पाको माथागढीबाट पढ्नको लागि बुटवल आएका ध््रुर्व प्रसाद कोइराला बुटवलमा विमा क्षेत्रमा चिर परिचीत नाम हो ।२० बर्षको उमेरदेखि विमा क्षेत्रमा करियर राम्रो देखेर लागेका कोईराला विमा,उद्योगसगै सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्ति हुन् ।
नेशलन लाइफ एण्ड जनरल इन्स्योरेन्समा २०५५सालमा सहायक पद वाट काम शुरु गरेका कोइराला त्यसयता विमा क्षेत्रबाट कहिल्यै पछाडी फर्कनु परेन । नेशनल लाईफ पछि नेको इन्स्योरेन्समा दुई बर्ष सम्म जुनियर अफिसरको रुपमा काम गरे । त्यो अनुभवका कारण प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीमा २०६७ साल देखि निरन्तर काम गर्दे आएका छन् ।
३९ बर्षीय कोईराला हाल प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी लि. को लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी पाएका कोईरालले निरन्तर विमा कम्पनीमा काम गर्दे जादाँ प्रदेश प्रमुख सम्मको जिम्मेवारी पाउन सफल भएका हुन् । ईमान्दारीता, मेहनेतसगै पुर्ण व्यवसायीक बन्दा जुन सुकै क्षेत्रमा सफल हुन सकिन्छ भन्ने मान्यता राख्ने गर्दछन् ।
पाल्पाको माथागढी ६ गोठादीबाट क्यापस अध्ययनको लागि बुटवल झर्दा बुवासगँ ४ हजार रुपयाँ लिएर आएका थिए । त्यसपछि आफ्नै सर्घषबाट पढाई र जारीर सँगसगै अगाडि बढाएका हुन् । उनले व्यवस्थापनमा डिग्री पास गरेका छन् । भने विमा क्षेत्रको व्यावसायी सगठन नेपाल इन्स्योरेन्स प्रोफेस्नल सोसाईटी लुम्बिनी च्याप्टरका कोषाध्यक्ष समेत रहेका छन् ।
उनले विमा क्षेत्रसगै उद्योग पनि संचालन गरेका छन् । सानो उद्योगबाट पनि ठुलो उद्योगी बन्न सकिने मान्यताका साथ विगत ४ बर्षदेखी रुपन्देहीको देवदह नगरपालिका वार्ड नम्वर ४ विजयनगरमा रिसाक्लीङ्ग उद्योग चलाएका छन् ।
उनी जस्तै सर्षघसिल युवा साथीहरु मिलर श्री ईन्दे्रणी प्लाष्टिक उद्योग संचालन गरेका छन् । जुन उद्योगमा कवाडी प्लाष्टिकहरु प्रशोधन गरेर प्लाष्टिकको दानावाट जाली सुतली,डोरी डाम्लो बन्ने गर्दछ ।श्री ईन्दे्रणी उद्योगका अध्यक्ष समेत रहेका कोईरालाले उत्पादन गरेका बस्तु पुर्वमा विरगज, काठमाडौ त्रिसुली,नारायणगढ लगायत धेरै ठाउँमा पुग्ने बताए । भने पश्चिमा महेन्द्रनगर सम्म पुग्ने गरेको छ ।
कोईरालले अरु उद्योग भन्दा यस्ता उद्योगहरु स्थापना गर्दा वातावरण प्रदुषण घट्ने हुदाँ राज्यले विषेश ध्यान दिनु पर्ने तर्क गर्दछन् ।यस्ता उद्योगहरुमा थप लगानी गर्दे धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने आफ्नो योजना रहेको उनी बताउछन् । भनिन्छ सफल व्यक्ति एक क्षेत्रमा मात्र रहदैन् । एक क्षेत्रको सफलतालाई अर्को क्षेत्रमा पनि पुर्ण रुपमा सदुपयोग गर्न सकन्छ ।
विमा र उद्योगसगै कोईराला सामाजिक क्षेत्रमा पनि निकै सक्रिय छन् । उनी रोटरी क्वल लुम्बिनी स्टारको भ्वाईस पे्रसिडेन्ट,लायन्स क्वल अफ बुटवल मेट्रोसिटी एल सी आई एफ कोडिनेटर रहेका छन् । यस्तै पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजको उपाध्यक्ष जिम्मेवारीमा रहेका कोईराला विहान देखी साँझसम्म व्यस्त छन् ।
विमा,उद्योग र सामाजिक क्रियाकलापमा सक्रिय कोईराला हरेक कामलाई महत्व दिदै आफ्नो जिम्मेवारी पुरा गर्न सफल भएको बताउछन् । उनले समय व्यवास्थप गर्न आफुले कुन काम लाई प्राथमिता दिने र कुन समय कुन काम गर्दा उपलव्धी हासिल गर्न सकिन्छ भन्ने एकिन गर्ने क्षमता राख्नुपर्ने वताउछन् ।

