
बुटवल , साउन १९
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोनाका संक्रमित थपिदा ३३ जना संक्रमणमुक्त भएका छन । आज रुपन्देहीका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको १९३ जनाको कोरोना परीक्षणमा ५४ जना कोरोनाका संक्रमित भेटिएका हसन ।
पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १७ जना, बुटवल उपमहानगरपालिकाका १२, देबदह नगरपालिका र सैनामैना नगरपालिकामा ६र६ जना , कञ्चन गाउँपालिकामा ५, ओमसतिया गाउँपालिकामा २ र शियारी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ४२९ रहेको छन्। पछिल्लो २४ घण्टाको अवधिमा कुनैपनि संक्रमितको मृत्यु नगएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।