
लुदस ,काठमाण्डौ, साउन १९
उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्बाइएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला प्रशासनको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाण्डौँका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।अन्य कुरा चाहि पहिलेकै कुरालाई नै निरन्तरता दिईएको छ । यसका साथै निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय पनि गरिएको छ ।

