
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ले चालु आर्थिक बर्षमा काम शुभारम्भ गरेको छ । वडाले चालु आर्थिक बर्ष २०७८÷७९ मा तय गरेका योजना मध्ये वृक्षरोपण गरि कामको शुभारम्भ गरेको हो । बाढि पहिरोलाई रोकथाम गरि वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले वृक्षरोपण जस्तो पवित्र कार्यबाट वडाको काम शुरु गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिएका छन् । स्वामि लगायतका महत्वपुर्ण जडिबुटि तथा फलफुलका विरुवाहरु रोपिएको हो । वडाका घरबुधिया र दक्षिण चेतियाको १ किलोमिटर क्षेत्रभरि उक्त विरुवाहरु रोपिएको हो ।
भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै वडाले चालु आर्थिक बर्षका योजनामध्ये वातावरणीय सन्तुलनलाई कायम राख्ने उद्देश्यले वृक्षरोपणबाट काम शुभारम्भ गरिएको वडाध्यक्ष अर्यालले बताएका छन् । वडाध्यक्ष अर्यालले वृक्षरोपण गरेर मात्र नहुने भन्दै विरुवाहरुको संरक्षणमा जोड दिनका लागि टोल विकास संस्थालाई जिम्मेवारी दिएका छन् । उनले वडालाई हराभरा बनाउदै सुन्दरीकरणलाई ध्यान दिइएकाले यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने बताएका छन् ।
वृक्षरोपण कार्यक्रममा वडाध्यक्ष अर्याल, वडा सदस्य वाजबुललैन शाह, हेमराज माविका अध्यक्ष धुर्व प्रसाद नेपाल, घरबुधिया टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, दक्षिण चेतिया टोल विकास संस्थाका अध्यक्ष रामजी खनाल, घरबुधिया आधारभुत विद्यालयका अध्यक्ष भगवानदास चौधरी, लगायत टोल विकास संस्थाका पदाधिकार, सदस्य लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
यस्तै वडाले २ वटा टोल विकास संस्थालाई डस्टविन समेत वितरण गरको छ । घरबुधिया टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली र दक्षिण चेतिया टोल विकास संस्थाका अध्यक्ष रामजी खनाललाई वडाध्यक्ष अर्यालले ५/५ वटा डस्टविन हस्तान्त्रण गरेका हुन् । डस्टविन वितरण गर्दै वडाध्यक्ष अर्यालले यी टोलको फोहोर व्यबस्थापन हुने विश्वास व्यक्त गरे ।
डस्टविन ग्रहण गर्दै दुवै टोल विकास संस्थाका अध्यक्षले आवश्यकताको आधारमा डस्टविनलाई उचित स्थानमा प्रयोग गर्ने बताएका थिए ।

