गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गयो

ByLumbini Darpan Online

२१ श्रावण २०७८, बिहीबार १०:१४ २१ श्रावण २०७८, बिहीबार १०:१४ २१ श्रावण २०७८, बिहीबार १०:१४

गुल्मी साउन २१

गुल्मीमा बुधवार राती ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी ३३ वर्षका दिपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ ।

सत्यवतिको हटिया स्थित जुनियाबाट खैरेनीतर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *