भोलिदेखि एक हप्ता देशभर मास्क अभियान सञ्चालन हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

साउन २२

कोरोना सङ्क्रमणको महामारी नियन्त्रणका लागि सरकारले भोलिदेखि एक हप्ता नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भर्चुअल पत्रकार सम्मेलन गर्दै भोलिदेखि साउन २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन गर्ने विषयमा जानकारी दिएको हो ।

 

कोरोना भाइरसको जोखिम कायमै रहेकाले सबै नागरिकलाई सही तरिकाले मास्क लगाउने व्यवहारलाई प्रवर्द्धन गरी प्रोत्साहन र उत्प्रेरित गर्न नेपाल मास्क अभियान सञ्चालन गर्न लागेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा। राधिका थपलियाले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार ११:२२