काठमाण्डौं, साउन २३
जापानले बनाएको कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा। उपेन्द्र ढुंगानाले बताए ।
स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा। झलक गौतमले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई दिइनेछ । खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने उनले बताए । तर, प्रदेश १ र २ मा भने खोप अभियान शुरु भएको केही दिन ढिलो गरी शुरु हुने उनले बताए।
आइतबार थप दुई लाख ८७ हजार जोड खोप आउनेछ उनले जानककारी दिए । शनिबार र आइतबार गरेर आठ लाख खोप आइपुग्ने उनले बताए । बाँकी आठ लाख खोप अर्को साता आइपुग्ने समेत उनले बताए । अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।