लुदस,कपिलवस्तु ।
धार्मिक एवम् पर्यटकीय क्षेत्र लक्ष्मणघाटमा भक्तजनहरु बढ्दै जान थालेका छन् । लक्ष्मणघाटमा पुजाआजा गर्ने र जल चढाउनेको भिड बढेको हो । रातीमा मानिसहरुको धेरै भिड बढेपछी बोलबमधाम समितिद्धारा भक्तजनहरुलाई रातीमा भिड नगर्न आग्रह गरेको छ ।
यसै सन्दर्भमा केही दिन अगाडी रातीमा केही उश्रृंखल व्यक्तिहरुले होम कुण्ड लगायतका स्थानमा तोड फोड गरेका रातीमा अनाबश्यक मानिसहरु लाई भिडभाड नगर्न लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रन बहादुर काउचाले अनुरोध गरेका छन् । साथै दर्शनार्थीलाई स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी कायम गरी बिहान तथा दिउँसोमा पुजाआजा तथा जल चढाउन अध्यक्ष काउचाले आग्रह गरेका छन् ।
लक्ष्मणघाट श्रावणी महिनामा बाणगंगा नदिमा जल भर्ने स्नान गर्ने पुजाआजा गर्ने तथा जल चढाउनेहरु को घुईचो लाग्ने गरेको छ । सदाका वर्षहरु जस्तै यसवर्ष जल चढाउनेको भिड बढेको भएतापनी लक्ष्मणघाट बोलबमधाम विकास समितिले आयोजना गर्ने गरेको बोलवम मेला भने स्थगित गरेको छ । कोरोना महामारी भएको भन्दै औपचारिक मेला बन्द गरिएको तर भक्तजनको आस्थालाई रोक्न नसकिएको समितिका सचिव प्रकाश भुसालले बताए ।
सधैका वर्षहरुमा गुरु पुर्णिमा देखि जनै पुर्णिमा अर्थात श्रावण शुक्ल पुर्णिमा सम्म बोलवम मेला लाग्ने गर्दथ्यो । तर गत वर्ष र यसवर्ष कोरोना महामारीलाई मध्यनजर गरि मेला आयोजना नगरिएको भुसालको भनाई छ । लक्ष्मणघाट परापुर्वक कालदेखि नै आस्थाको धाम भएकोले पनि भक्तजनहरुको भिड लाग्ने गरेको व्यवस्थापन समितिका सचिव प्रकाश भुसालले बताए । लक्ष्मणघाटमा शिवको ठुलो मुर्तिका साथै शिव मन्दिर , राम लक्ष्मण मन्दिर, मनकामना मन्दिर, राधा कृष्ण मन्दिर सुपा देउराली मन्दिर लगाएतका मन्दिरहरु रहेका छन् ।