काठमाण्डौ , साउन २४
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डोज खोप आइपुगेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जानकारी दिए । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डोज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डोज खोप खरिद गरेको छ । चीनबाट ४० लाख डोज भेरोसेल र भारतबाट २० लाख डोज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डोज खोप अझैसम्म आपूर्ति भएको छैन ।
यसैगरी भारतबाट अनुदानमा ११ लाख डोज कोभिशिल्ड ९नेपाली सेनासहित० प्राप्त भएको छ । चीनबाट १८ लाख डोज भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार डोज कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार डोज जे एन्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।




















