काठमाडौं, साउन २४
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि हुदा २ हजार २९ जना संक्रमण मुक्त भएका छन। १२ हजार ३७८ जनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमित थपिएसँगै देशभर संक्रिय संक्रमितको सङख्या ३५ हजार ४८५ पुगेको छ। यस्तै, २ हजार २९ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभर संक्रमण भएका ५५ जनाको मृत्यु भएको छ। यो सँगै देशभर कोरोना संक्रमणपछि मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ।




















