सरकारी र मदरसामा अध्यनरत वालबालिकालाई सहयोग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नुर मोहम्मद मुसलमान

 

कपिलवस्तु नगरपालिका वडा नं.१० पचेहरामा रहेको पैराडाईज बोर्डिगं स्कुलमा एक कार्यक्रमका विच अभिभावक विहिन वालवालिकाहरुलाई सहयोग वितरण गरिएको छ ।

हेल्पिगं हेण्ड फर डेपलपमेन्टको सहयोग तथा हुमन रिलिफ अर्गानाईजेशन नेपाल कपिलवस्तु अरफान सर्पोट प्रोग्रामको आयोजनामा अभिभावक गुमाएका वालवालिकालाई सो राहत वितरण गरिएको हो ।

ह्युमन रिलिफ अर्गानाईजेशन नेपाल कपिलवस्तुका उपाध्यक्ष ताहिर मोहम्मदको अध्यक्षता तथा हेल्पिंग हेण्ड फर डेपलपमेन्टका व्यावस्थापक प्रो्ग्राम म्यानेजर जीव पोखरेलको प्रमुख अतिथतामा वाणगंगा नगरपालिका कपिलवस्तु नगरपालिका मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिका मा रहेका १२० जना पिडित वालवालिकालाई नगद ६ हजार रुपैया १० कक्षा माथी पढने वालवालिकालाई नगद १० हजार रुपैया तथा खानेकुरा राहत प्रदान गरिएको हो ।

अभिभावक गुमाएका वालवालिकाको सहयोग बाहेक कपिलवस्तुमा हेल्पिंग हेण्ड फर डेपलपमेन्टले २०७४ साल देखी बिद्यालय मदरसामा स्वास्थ्य चौकीमा फिल्टर प्लान्ट पानी शुद्धीकरण युवाहरुलाई सिपमुलक तालिम विषशेज्ञ डा.द्धारा स्वास्थ्य परिक्षण निशूल्क औषधी वितरण आँखा शिविर मोतिया विन्दु भएकाहरुका लागी निशुल्क अप्रेशन तथा स्वास्थ्य चौकी र अस्पतालका सेवा विस्तार गुणस्तर सुधारका लागी अमेरिका बाट आयतित स्वास्थ्य उपकरण उपलव्ध गर्दै आएको हेल्पिंग हेण्ड फर डेपलपमेन्टका व्यवस्थापक प्रोग्राम म्यानेजर जीव पोखरेलले जानकारी दिएका छन ।
यस्तै अव कृष्णनगर नगरपालिका शिवराज नगरपालिका, महराजगंज , वुद्धभुमि , विजयनगर गाउँपालिका का ७२ जना वालबालिकालाई राहत वितरण गर्ने तयारी भएको ह्युमन रिलिफ अर्गानाईजेशन नेपाल कपिलवस्तुका उपाध्यक्ष ताहिर मोहम्मदले बताए ।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार ०७:२१