शिब खनाल, कपिलबस्तु
श्री सूर्य बहुउद्येश्यीय सकारी संस्था लिमिटेड बुद्धभूमि कपिलवस्तुले एक कार्यक्रमका विच रेमिट्यान्स कारोवारको शुभारम्भ गरेको छ । आफना शेयर सदस्य लगायत आम सर्वसाधारणका लागि मनि ट्रान्सफर लगायतका सेवा पु¥याउने उद्येश्यका साथ कार्यक्रमको शुभारम्भ गरेको छ ।
संस्थाको आफनै कस्टम हायरिङ्ग सेन्टरमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष मुरलीधर घिमिरेको अध्यक्षता, लुम्विनी प्रदेश सभासद माला गोताको प्रमुख आतिथ्यता, संस्थापक अध्यक्ष चिन्तामणी खनालको विशिष्ट आतिथ्यता, संस्थापक सचिव यादव केसी, संस्थापक कोषाध्यक्ष बसन्त प्रसाद पन्थि, संस्था सल्लाहकार शारदा भुसाल, समाजसेवी रुपेश कुमार श्रेष्ठ, खोमबहादुर थापा, रोम बहादुर थापा, श्री भृकुटी माध्यमीक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल बहादुर सेनवली, सिएलसि राजपुरका अध्यक्ष सालिकराम सुवेदी, सि।एल।सि। बुड्ढीका अध्यक्ष मिनराज वेल्वासे, लुम्विनी, गण्डकी प्रदेश मनिग्राम रेमिटका एरिया डिरेक्टर बसन्त कुमार केसी लगायतको आतिथ्यतामा ५० बढी शेयर सदस्यहरुका माझमा कार्यक्रमको शुभारम्भ भएको छ ।
आइएमई, वेष्टर्न युनियन, सिटी एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट तथा मनिग्राम गरि ६ वटा कम्पनीका रेमिट सुविधाहरु उपलब्ध गराउने भएको छ । कार्यक्रममा बोल्लै कार्यक्रमका अध्यक्ष मुरलीधर घिमिरेले सहकारीले कस्टम हायरिंग सेन्टर, सहकारी सुपथ पसल, युरिया मल, विउविजन लगायत यस सेवा पनि थप गरि यस भेगका सर्वसाधरणमा सुविधा पु¥याउने आशा लिएको र आगामी दिनमा सहकारीको मर्म र भावना बमोजिम थप कार्यक्रमहरु विस्तार गर्दै लैजाने कुरा बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी माला गोतामेले वर्तमान लुम्विनी प्रदेश सरकार विघटन हुनै लागेको र आफनो सरकार गठन भएमा सहकारीको हितलाई मध्यनजगर गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संस्था उपाध्यक्ष विष्णु कुमार केसीको स्वागत मन्तब्य तथा सचिव रेशमराज गिरीको संचलानमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चिन्तामणी खनाल, समाजसेवी रुपेश कुमार श्रेष्ठ, बल बहादुर सेनवली, रोम बहादुर थापा, बसन्त कुमार केसी, व्यवस्थापक लेखनाथ खनाल लगायतले आफना मन्तव्यहरु राखेका थिए ।



















