बुद्धभूमि नगरपालिकाद्धारा कृषकका लागी कृषि यन्त्र बितरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, २७ साउन ।
बुद्धभूमि नगरपालिका कपिलवस्तुद्धारा आज नगरपालिकाभित्रका ८३ जना कृषकहरुका लागी कृषियन्त्र सामाग्री वितरण गरेको छ । नगर भित्र रहेका कृषकलाई पचास र सत्तरी प्रतिशत अनुदानमा सो कृषि सामग्री वितरण गरिएको हो ।

नगरपालिका भित्र रहेका कृषकहरुको कृषि उत्पादनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप कृषक समूह, कृषि सहकारी र फर्मका लागी मिनिटिलर, रिपर, कन्सेलर, पम्पसेट लगायतका कृषि सामग्री वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिएका छन्।

नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठ, नगर उप प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, नगर प्रवक्ता पवनकुमार थारु बाट कृषकहरुलाई उक्त कृषि सामग्री वितरण गरिएको हो ।

नगरपालिका र कृषकको गरी ४० लाख ४९ हजार बराबरको लागतमा कृषि सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख देवीराम बेल्वासेले बताएका छन् ।


प्रकाशित : २०७८ श्रावण २७, बुधबार १५:०९