बुटवल , साउन २८
बुटवल उपमहानगर पालिकामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाचलाई आज खोप लगाईदै छ । यही साउन २५ र २६ गते कोभिड(१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइएकोमा छुट भएका नागरिकहरुलाई पुनः आज लगाउने कार्यक्रम राखिएको हो । विहान १० बजेदेखि सुरु हुने खोप कार्यक्रममा पहिलो मात्रा लगाएको खोप कार्ड साथमा लिएर आउनु पर्ने तथा सबै प्रकारका स्वास्थ्य मापदण्ड पालना गर्न महाशाखाले अनुरोध गरेको छ ।
बुटवलको कान्ति मा।विमा सबै वडाका नागरिकका लागि भेरोसेल दोस्रो डोज लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको उपमहानगरको शिक्षा तथा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।




















