हरी आचार्य, कपिलवस्तु
अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना तथा नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन भन्ने मुल नारका साथ सिद्धार्थ सामाजिक विकास केन्द्रको सहभाहलमा सम्पन्न कार्यक्रममा युवा निति २०७२ र युथ भिजन २०२५ को बारेमा सरोकारवालाहरुसंग छलफल गरिएको थियो ।
४० प्रतिशत भन्दा बढी जनसंख्या ओगटेको युवा वर्गको सहभागिता, अवसर र चुनौतिको बारेमा आयोनका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारीले प्रस्तुत गर्नु भएको थियो । विशेष गरी युवा मैत्री लगानी नभएको, उद्यमशिलता व्यवसायको अभाव, परिवर्तनको सवालमा युवाहरुको दिगो विकास नभएको लगायतका युवाका समस्याहरुको बारेमा स्पष्ट पारिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख तारावती चौधरीले पछिल्लो समय युवाहरु लागुऔषध, दुवर््यसनी तथा कुलतमा फसेको अवस्थामा रहेकाले सचेतनाको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी भएर नहुने भन्दै सिकेका कुराहरुलाई व्यवहारतमा लागु गरि समाज परिवर्तनमा गर्न सहभागीहरुलाई आग्रह गर्नु भएको छ । वालमैत्री नगरपालिका घोषणा भएको बाणगंगा नगरपालिकालाई दिगो पन दिनका लागि युवावर्ग जागरुक हुनुपर्ने बताईन् । स्थानीय तहहरुमा बनेका योजनाहरुमा युवावर्गको सहभागीता अपरिहार्य रहेकाले स्थानीय तहसंग सहकार्य गरी विभिन्न सचेतनामुलक कार्य गर्नुपर्नेमा जोड दिंदै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त भयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्बासेले समाज देश परिवर्तनमा युवा वर्गको अहम भुमिका रहेकाले युवावर्ग सचेत हुन आवश्यक रहेको बताउनु भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला संयोजक हरि अधिकारीले युवाका लागि विभिन्न निति नियम निर्माण भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकाले युवावर्गले विशेष पहल गर्न आवश्यक रहेको जोड दिनु भयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला संयोजक हरि अधिकारीको अध्यक्षता, सदस्य बाबुराम रायमाझिको स्वागत तथा हरि आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा युथ च्याम्पियन, संचारकर्मी लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।




















