काठमाडौ । चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको ‘मेरी छुनुमुनु’ बोलको तिज गीत सार्वजनिक भएको छ । शिव हमालको शब्द संगित रहेको सो गीतमा बद्री पंगेनी र कबिता अर्यालको स्वर रहेको छ ।
उक्त गीत २०७८ सालको हरितालिका तिजलाइ लक्षित गर्दै बद्री पंगेनीको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । गीतमा शंकर बि.सी. र अन्जली अधिकारीको अभिनय रहेको छ । मालाश्री स्टुडियोबाट रेकर्ड गरिएको उक्त गीतमा बिश्वास नेपालले एरेन्ज र काजी श्रेष्ठले निर्देशन गरेका छन् ।
समय सापेक्ष गीत गाउन अब्बल मानिने पंगेनीका गीतमा मौलिकता र यथार्थता पाउन सकिन्छ । जनबादी गायकका रुपमा परिचित पंगेनीले केही हप्ता अघि मात्र माया भन्न मिल्दैन होला भन्ने बोलको गित सार्बजनिक गरेका थिए । थुप्रै श्रोता र दर्शकको मन जित्न सफल गायक पंगेनी लोक संस्कृतिको संरक्षण प्रवद्र्धनका लागी सधै प्रयासरत रहेका छन् ।
पछिल्लो समय सामाजिक संजाल टिकटकमा बद्री पंगेनीका गितका टुक्काहरु निकै चर्चामा रहेका छन् । भिडियो सहित ……….

