काठमाडौँ ,साउन ३०
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२४ जनामा कोभिड १९ संक्रमण पुष्टि हुदा १ हजार ३२० जना संक्रमण मुक्त भएका छन्। १३ हजार ५७३ जनाको परीक्षण गर्दा २ हजार ६२४ जनामा संक्रमण देखिएको हो।
आज थपिएके यो संऋयासँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४०५ पुगेका छन । संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।




















