बुटवलमा दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ स्वास्थ्य सुरक्षा सामाग्री वितरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

बुटवल , साउन ३० गते

दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । नेत्रहीन युवा संघ रुपन्देहीले बुटवल १५ उजेलापुर, बुटवल १३ जबही र बुटवल १२ रुपन्देही नेत्रहीन संघ दृस्टिपथ सम्म पुगि दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति स्वास्थ्य सुरक्षा सामाग्री गरेको हो ।

,प्रमुख अतिथी बुटवल टुडे राष्टिय दैनिकका प्रमुख सम्पादक तथा बरिष्ठ पत्रकार कृष्ण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवलका तीन ओटै स्थानमा गरि ६१ जना दृस्टिबिहिन अपाङ्गता भएको ब्यक्तिहरुलाइ माक्स,सेनिटाइजर,हेन्ड वास र सेनिटरी प्याड लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको थियो।

स्ंस्थाका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रममा अतिथीहरुमा नेपाल नेत्रहीन संघ ,रुपन्देही श्रवणदृस्टि बिहिन परियोजनाका एजुकेटर लक्ष्मी जिसि,लुम्बिनी अपाङ्ग अनाथ आश्रमका का उप संयोजक लिलाराम रोक्का,रुपन्देही दृस्टिबिहिन संरक्षण संघ का संयोजक पदम बहादुर नेपाल,आयोजक सस्थाका कोषाध्यक्ष कमला पौडेल, सदस्य गङा भुसाल ,राम बहादुर थापा र सहयोगी बिस्नु ढकाल रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष टिकाराम पौडेलले नेत्रहीन युवा संघ सदैब दृस्टिबिहिन अपाङ्गता भएको ब्यक्तिहरुको सुख दुख को साथी बन्ने प्रयास गरेको र आगामी दिनहरुमा यश सस्थाले सबैलाइ समेटेर कार्यक्रमहरु योजना बनाउने र लागू गर्ने बताउनु भएको थियो।अघिल्लो बर्ष को पहिलो चरण को लक डाउन मा समेत संस्थाले राहात तथा सुरक्षा सामाग्री वितरण गरेको सस्थाका कोसाध्यक्ष कमला पौडेलले बताउनुभयो ।


प्रकाशित : २०७८ श्रावण ३०, शनिबार १३:०२