लुम्बिनी मुख्यमन्त्री कार्यालय : खनाललाई प्रादेशिक अस्पतालको मेसुबाट हटाइएको छैन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

बुटवल,साउन ३१

(लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट ९मेसु० डा राजेन्द्र खनाललाई हटाउने निर्णय नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको छ । शंकर पोखरेल नेतृत्वको सरकारले राजीनामा दिएको एक सातापछि डा। खनाललाई मेसुबाट हटाउने निर्णय माइन्युट नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको हो।

मेसुमा डा‍। ईन्द्र ढकाललाई नियुक्त गरेको तत्कालीन स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले जनाएका थिए। ‘मेसु हटाउने निर्णय भएको छैन, मुख्य सचिव ज्यूबाट यो बारेको निर्णय माइन्युट भएकै छैन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता डा। खगेन्द्र सुवेदीले भने( ‘यसबारे निर्णय भयो भनेर कसरी समाचार आयो हामी पनि आश्चर्यमा परेका छौं।’

मेसु नियुक्तिका लागि डा। इन्द्र ढकालको निवेदन आएको तर नियुक्तिको निर्णय नभएको उनले स्पष्ट पारे। ‘चिठी आएको हो, तर चिठी आएर मात्र हुँदैन, मेसु परिवर्तनको आफ्नै प्रकृया हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘मुख्य सचिवबाट माइन्युट नभएको निर्णयले कानूनी वैधता पाउँदैन।ुपूर्ववर्ती सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने खनाललाई मेसुबाट हटाएर रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको दोहोराए।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते मेसु डा। राजेन्द्र खनाललाई हटाई रेडियोलोजी विभाग प्रमुखमा स्थानान्तरण गर्ने निर्णय गरेको तत्कालीन मन्त्रीले सार्वजनिक गरेका थिए।


प्रकाशित : २०७८ श्रावण ३१, आईतवार ०९:३१