जिल्लाकै सर्वोत्कृष्ट लुम्बिनी लर्निङ्ग सेन्टरद्धारा मायाको चिनो सहित विद्यार्थीलाई विदाई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु

कपिलवस्तुमै उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.ले ब्रिज कोर्ष अध्ययनरत विधार्थीलाई मायाको चिनोसहित विदाई कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरले आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न गरेको हो । सेन्टरले करिब एक सय विधार्थीहरुलाई विदाई गरेको प्रबन्ध निर्देशक असिम कंडेलले जानकारी दिनुभयो । कार्यक्रममा विधार्थीहरु सपना पौडेल, सविना थापा, सृष्टि घिमिरे, अनन्त ढकाल, विपिन क्षेत्री, प्रसिद्ध चौधरी, सिमा चौधरी, प्रतिमा चौधरी, सुविचार घिमिरे, सौरभ के.सी., स्मृति पोख्रेल र सुजल पाण्डेले आआफ्नो धारणा राखेका थिए ।

त्यस्तै शिक्षकहरु रविन्द्र पौडेल मधुसुधन पाण्डे, प्रलात पौडेल र सुजन पौडेलले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । विधार्थीहरुले ब्रिज कोषको भूमिका बारे राम्रोसंग बुझ्न सकेको र यसको महत्वले आगामी दिनमा महत्वपूर्ण प्रभाव पार्ने बताएका थिए । उनीहरुले देशका उत्कृष्ट अन्य विधालयहरुको बारेमा जानकारी समेत प्राप्त गरेको भन्दै लर्निङ्ग सेन्टर प्रा.लि.ले छात्रबृतिको लागी पहल गर्ने महत्वपूर्ण काम गरेको भन्दै खुशी व्यक्त गरेका थिए । विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुर स्थित सेन्टरले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै विगत केही महिनादेखि ब्रिज कोर्ष सञ्चालन गर्दै आएको थियो ।

सेन्टरका प्रबन्ध निर्देशक असिम कंडेलले कोरोना महामारीका कारण जारी निषेधज्ञाले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गर्दै आएको ब्रिज कोर्ष सञ्चालन गरिएको र जसले धेरै विधार्थीको आगामी भविष्य उज्जल हुने विश्वास व्यक्त गर्नुभयो ।

विद्यार्थीहरु चिन्तित भई रहेको अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी लुम्बिनी लर्निङ्ग सेन्टरले कक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले खुसी भएका छन् । कार्यक्रम संचारकर्मीहरु तथा लोक तथा दोहोरी गायक विमल गैरेको आतिथ्यतामा सम्पन्न भएको थियो ।

तस्बिरहरु

 


प्रकाशित : २०७८ श्रावण ३१, आईतवार १७:०७