नेशनल रेन्बो कल्चरल डान्स’प्रतियोगितामा रुपन्देहीको साहसी कदम नेपाल विजयी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल , साउन ३२

नेशनल रेन्बो कल्चरल डान्स प्रतियोगितामा रुपन्देहीको साहसी कदम नेपाल विजयी भएको छ । प्रतियोगितामा देशभरबाट प्रतिनिधित्व गरेका प्रतियोगी समूहलाई पछि पार्दै साहसी कदम नेपाल,रुपन्देही विजयी भएको हो । विजयी हासिल गरसँगै साहसी कदमले नगद रु २० हजार प्राप्त गरेको छ ।

त्यसैगरी दि डाइनामिक क्रियू समूह नवपरासी द्धितिय,मानव सचेना समाज ,चितवन तृतिय र सुदुरपश्चिम समाज, धनगढी सान्त्वना भएका छन् । उनीहरुले क्रमशः नगद रु।१५,१० र ५ हजार प्राप्त गरेका छन् । देशभरबाट ६ वठट वटा समूहको सहभागिता रहेको थियो ।एक्लोलाई सहारा दिने वृक्ष समूह रुपन्देही,भैरहवाद्वारा आयोजित प्रतियोगिता आइतबार रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको थियो ।

‘नाचौं र खुशी भई बचौं’ भन्ने नाराका साथ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा देशभरबाट यौनिक तथा अल्पसंख्यक समुदायका कलाकारहरुको सहभागिता रहेको थियो । आफ्नै भेषभूषा र संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने प्राथमिकता अनुसार सांस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाकी उपाध्यक्ष अस्मिता रानाले बताइन् ।

कार्यक्रम संस्थाकी उपाध्यक्ष अस्मिता रानाको अध्यक्षता,तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यता ,दलित पत्रकार महासंघका केन्द्रिय अध्यक्ष तथा पूर्व संविधान सभा सदस्य विनोद पहाडीको विशिष्ट आतिथ्यता र मानव अधिकार परियोजनाका संयोजक रेशम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ श्रावण ३२, सोमबार ०८:३०