बुटवल, साउन ३२
जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना कोरोनाका संक्रमित थपिदा ४७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा १५० जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २१, सैनामैना नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ४ जना, तिलोत्तमा नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका प स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । आज थपिएको संक्रमित संख्यासँगै जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३९८ रहेको छन्।पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् ।




















