रुपन्देहीमा संक्रमित ५२ थपिदा, १७ जना संक्रमणमुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल , भदौँ २

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिदा १७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा १८० जनाको कोरोना परीक्षण गरिएकोमा ५२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २२, तिलोत्तमा नगरपालिकामा १६ जना, सैनामैना नगरपालिकामा ६जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा २ जना र सिद्धार्थनगर नगरपालिकामा १ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् ।


प्रकाशित : २०७८ भाद्र २, बुधबार १२:१३