बुटवल, भदौँ ३
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४२ जना नयाँ संक्रमित थपिदा ३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा १८९ जनाको कोरोना परीक्षण गरिएकोमा ४२ जना नयाँ संक्रमित थपिएका हुन ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १६, तिलोत्तमा नगरपालिकामा ८ जना, देवदह नगरपालिकामा ७ जना, सैनामैना नगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिकामा ३, कञ्चन, सुद्धोधन र सम्मरीमाइ गाउँपालिकामा १र१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । अनुसार छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा एक जनाको ज्यान गएको छ । यो संख्यासगैँ जिल्लामा ५२१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । जिल्लामा हाल कोरोनाकहाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४५६ रहेको छ।




















