लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा चन्द पोलिक्निकले आजबाट सेवा शुभारम्भ गरेको छ ।
बिगत ८ बर्षदेखि कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डाक्टर दिपेन्द्र चन्द ले पोलिक्निक संचालन गरेका हुन् ।
कपिलवस्तु सामुदायिक अस्पतालमा विश्वासको जग बसाल्न सफल चन्द ले आफनै लगानी तौलीहवा जितपुर सडक खण्डमा चन्द पोलिक्लिनिक प्रा.लि सञ्चालनमा ल्याएका हुन । पोलिक्लिनिको आज एक कार्यक्रमकाबिच चन्द माता र कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले संयुक्त रुपमा रिबन काटेर पोलिक्लिनिकको उद्धघाटन गरेका छन ।
उद्घाटन कार्यक्रममा रोटरी क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष लक्ष्मण अधिकारी, बर्तमान अध्यक्ष माधव भाट क्षेत्री, बरिष्ठ समाजसेवि दुर्गा बहादुर सेन, बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाण, लगाएतले बोल्दै व्यवसायकि सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो कार्यक्रममा डाक्टर चन्दले स्वास्थ्य क्षेत्रको गुणस्तरियता बढाउदै , सरल सहज पहुचका साथै सवै वर्गलाई समेटेर सेवा दिने बताएका छन् उनले सुबिधा सम्पन्न प्रविधिको प्रयोग गर्दै थप ब्यवस्थापनका साथ अगाडी बढने बताए । ऐक्सरे भिडियो एक्सरे, लगाएतका सुविधा सहित उनले खोलेको पोलिक्निकलाई कपिलवस्तुमा फरक वृत्तबाट हेरिएको छ । जसले स्वास्थ्य क्षेत्रमा तर∙ छाएको बताईएको छ ।