
लुदस १२ भाद्र ।
बुद्धभुमि नगरपालिका,कपिलवस्तुले आर्थिक बर्ष ०७७।०७८ को नीति,योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
नगरले आयोजना गरेको दुई दिने समिक्षा कार्यक्रममा १० वडा कार्यालय , नगर कार्यपालिका कार्यालय अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो ।
जनप्रतिनिधि , कर्मचारी , राजनैतिक दलका प्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले कार्यालयको समग्र अबस्थाबारे बिश्लेषण गरेका थिए।
नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत श्री राजन कुमार पोखरेलले गरेका थिए ।

