समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्य सम्पन्न

[sharethis-inline-buttons]

पार्वती आचार्य कपिलबस्तु भदौ १२

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत बाणगङ्गा नपामा भदौ १२ गते समस्या पहिचान र कार्ययोजना निर्माण सम्पन्न भएको छ ।

मानवअधिकार समुहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य र आवाशको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ ।

बैठकले कोभिड १९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा पारेको असर हरुको विश्लेषण गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड १९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तरक्रिर्या गर्ने, कोभिडका कारण दिर्घरोगी तथा अन्य रोगीहरुको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्ने लगायतका कार्ययोजनाहरू बनाएको छ ।

यस्तै नगरपालिकाका सम्पुर्ण वडाहरुमा मानव अधिकार समुहले कार्यक्रमहरु माग गरी पोषण , सुत्केरी स्याहार सुसार कार्यक्रम , अपाङ्ग मैत्री कार्यक्रम साथै गम्भिर प्रकारका रोगका बिरामीहरुलाई आर्थिक सहयोगका लागि वडासंग समन्वय गर्ने निर्णय भएको छ ।

नगरपालिका ४ का वडा सदस्य ईन्दीरा पन्तले सरकारले ७० प्रकारका औषधीहरु निशुल्क बितरण गर्ने निती रहेकोमा स्वास्थ्य चौकीहरु बाट ३५ प्रकारका मात्र औषधीहरु मात्र उपलब्ध गराउँदै आएको बताईन् । अब यस बाणगंगा नगरपालिका भित्रका ११ वटै स्वास्थ्य चौकीबाट ७० प्रकारका निशुल्क औषधीको ब्यबस्था नगरपालिकाले मिलाउनु पर्ने उनले बताईन् । साथै ११ वटै स्वास्थ्य चौकीमा संचालनमा ल्याईएका ल्यावबाट नगरपालिकाका नागरिकहरुले ल्याव परिक्षण पनि निशुल्क हुनुपर्छ भन्ने बिषयमा मानव अधिकार समुहले नगरपालिका संग समन्वय गर्नुपर्नेमा जोड दिएकी थिईन् ।

यसैगरी शिक्षक महासंघका जिल्ला अध्यक्ष देवकला कमालले ईन्सेक , मानव अधिकार समुहले शिक्षा , स्वास्थ्य खाद्य र आवासका बिषयमा आवाज उठाई उल्लेख्य कार्य गर्दै आएको बताईन् । कोभिड १९ ले बालबालिकाको शिक्षामा पारेको असर प्रति स्थानिय निकायको ध्यान जान आबश्यक रहेको बताईन् ।

मानव अधिकार समुहका सल्लाहकार चेतना अधिकारीले राज्यले स्थापीत गरेका नागरिक अधिकारहरु जनताले सहज रुपमा पाउनु पर्ने बताईन् ।

समुहका अध्यक्ष ईन्दीरा भट्टराईको अध्यक्षता , समुहका सचिव मधु पाण्डेको संचालनमा सम्पन्न बैठकमा ईन्सेक सहजकर्ता पार्बती आचार्यले कार्यक्रमका बारेमा जानकारी दिएकी थिईन् ।


प्रकाशित : २०७८ भाद्र १२, शनिबार ०९:३९