हरि आचार्य, कपिलवस्तु
नेकपा एमाले बाणगंगा नगरपालिका वडा नंं २ वडा कमिटिको आयोजनामा पिपराकोठि महिला सामुदायिक वनको कार्य क्षेत्र भित्र रहेका पार्टी सदस्यहरुको भेला सम्पन्न भएको छ । भेलाले आगामि भदौ २२ गते हुने साुमदायिक वनको अधिवेशनको निम्ति पार्टी जिल्ला सचिवालय सदस्य विश्व कार्कीको संयोजकत्वमा जिल्ला सचिवालय सदस्य शान्ता पाण्डे, जिल्ला कमिटिका सदस्य एवम् वडाअध्यक्ष बिष्णु पौडेल गरि ३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
उक्त निर्वाचन परिचालन समितिले उमेद्धारहरुको टुंगो लगाउने र निर्वाचनलाई परिचालन गर्ने जिम्मेवारी प्राप्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी जिल्ला सह संयोजक डम्मर शर्माले सामुदायिक वनको निर्वाचनमा एक मत एक मन उम्मेद्धार उठाउनुपर्ने सुझाव दिए । उनले निर्वाचन निश्पक्ष भए नभएको तर्फ ध्यान दिन निर्वाचन परिचालन समितिलाई निर्देशन दिए ।
पार्टी नेता तथा प्रदेश सांसद बिष्णु पन्थी, जिल्ला सचिवालय सदस्य विश्व कार्की, वडाध्यक्ष विष्णु पौडेल लगायतले मन्तब्य राख्दै निर्वाचनमा पार्टीको उम्मेद्धारलाई जिताउनुपर्नेमा जोड दिएका थिए ।
वडा कमिटि अध्यक्ष एवम् जिल्ला कमिटि सदस्य नहकुल शाहीको अध्यक्षता, पार्टीका जिल्ला सह संयोजक डम्मर शर्माको प्रमुख आतिथ्यता, पार्टी नेता तथा प्रदेश सांसद बिष्णु पन्थीको विशिष्ट आतिथ्यता, जिल्ला सचिवालय सदस्यहरु विश्व कार्की, शान्ता पाण्डे, निशा परियार, स्थानीय जिल्ला कमिटिका सदस्यहरुको उपस्थिती रहेको भेला वडा कमिट सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।